‘युद्धका बादलहरु मडारिरहेका बेला बुुद्धिज्म र शान्ति आवश्यक छ’
२०८२ बैशाख १३ शनिबार
- लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुुनियाँमा युद्धका बादलहरु मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुुद्धिज्म भएको बताए ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा बुुद्धिज्म र शान्ति आजको आवश्यकता भएको बताएका छन् ।
लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुुनियाँमा युद्धका बादलहरु मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुुद्धिज्म भएको बताए ।
उनले भने, ‘बुुद्धिज्म आजको झन बढी आवश्यकता हो, शान्ति झन बढी आवश्यकता हो । किनभने दुुनियाँमा युद्धका बादलहरु मडारिरहेका छन् । दुनियाँ कहीं युद्धतिर त जाँदैन, युद्ध गर्नका लागि पर्याप्त सैन्यशक्ति र सैन्यशक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरुको निर्माण भएको छ ।’
युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने भन्दै युुद्धले शान्ति स्थापना गर्न नसक्ने बताए ।
उनले भने, ‘विश्व शान्तिका लागि एउटा चुनौती हो । यसलाई रोक्ने कुरा, म भन्न चाहन्छुु, हतियारले, युुद्धले शान्ति स्थापना गर्न सक्दैन । युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने हो, शान्तिको सम्भावना हुँदैन । त्यसकारण विश्वभरिका सचेत र शान्तिप्रिय मानिसहरुको शान्तिका निम्तिको आकांक्षा र संयुक्त आवाज नै विश्व शान्तिको स्थापना र त्यसलाई कायम राख्ने कुराको सबैभन्दा भरपर्दो आधार हो । त्यसैकारण यसमा बुद्धका शिक्षाहरु, शान्तिका शिक्षाहरु आज यसकारण झन् बढी महत्वका रहेका छन् ।’
नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै नभई इतिहास र संस्कृतिको निर्माणसँग जोडिएको भन्दै त्यसो भएर यी चिजहरुलाई बुुझेर अगाडि बढाउनुु पर्ने पनि उनको भनाई छ ।
उनले भने, ‘नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै होइन, यसमा भावनात्मक, मानवीय, परस्परमा सहयोग गर्ने सहयोगी छ । अहिले कुटनीतिक सम्बन्ध रहेपछि मात्रै होइन, इतिहासदेखि रहंदै आएको छ । हाम्रा दुुई छिमेकीहरुसँगको हाम्रो सम्बन्ध कुटनीतिभन्दा पुरानो छ । विभिन्न राज्यहरुको निर्माण, आजका सीमानाहरुभन्दा पुुरानो छ । संस्कृतिको निर्माणसँग जोडिएको छ । त्यसो भएर हामीले यी चिजहरुलाई बुुझेर अगाडि बढाउनुु पर्दछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर १३ आइतबार
-
आजको राशिफल: वि.सं. २०८३ मङ्सिर १३ गते आइतबार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।